थप १८० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप १८० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



काठमाडौं । आज थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्