कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने
काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।
आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । भने, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।



















