काठमाडाैं । बिहिबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ । हिजाे प्रतिताेला ८०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज तोलामा ८०० रुपैयाँले नै घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५३ हजार ३०० रूपैयाँ पुगेकाे छ ।आज सुनको भाउ मंगलबारकै मूल्यमा झरेको हो ।