काठमाडौं । जाडोको सुरुवातसँगै काठमाडौंका बजारहरूमा न्यानो कपडाको व्यापार तातिँदै गएको छ । न्युरोड, बानेश्वर, कोटेश्वर, असन, सुन्धारा, बागबजार र नयाँ बसपार्क आसपासका क्षेत्रहरुमा स्विटर, ज्याकेट, हुडी, हाइनेक र तातो पाइन्ट किन्न आउने ग्राहकहरूको भीड बढ्न थालेको छ । यो भिडसँगै काठमाडौंको न्यूरोडमा विगत ९ वर्षदेखि कपडाको पसल संचालन गर्दै