उदयपुर । ‘कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार’ नाराका साथ त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव सुरु भएको छ । जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित उदयपुर उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो ।