काठमाडौं । घरजग्गा कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा देशभर घरजग्गा कारोबार १६ प्रतिशत बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवमा कुल ५ लाख ३७ हजार २९५ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन अघिल्लो आवको तुलनामा १५.९६ प्रतिशत बढी हो ।