प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित « Arthapath.com
२७ पुष २०७८, मंगलवार

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको २५ औं साधारण सभा स्थगित भएको छ । फाइनान्सको पुस ३० गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको हो । हिजो बसेको संचालक समितिको बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको कम्पनिले सुचना प्रकाशीत गदै जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनको पछिको खुद नाफामा परिवर्तन हुने सक्ने भन्दै सभा स्थगित गरेको सुचनामा उल्लेख गरिएको छ ।

फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यसमा केहि फेरबद हुने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्