प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन « Arthapath.com
२८ पुष २०७८, बुधबार

प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन



काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश परिमार्जन भएको छ । फाइनानसले लाभांश परिमार्जन गरि ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०. ३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअघि कम्पनिले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

आज बसेको संचमलक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन गर्ने निर्णय गरेको कम्पनिले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंक्को आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।


प्रतिक्रिया दिनुहोस्