सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ । आजको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ। जसको मूल्य मंगलवार प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो। त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलवार एक हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्