सुनको मुल्य तोलामा २५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य तोलामा २५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख नजिक पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामै २५ सयले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्