थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी १२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३२१ जना निको भएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ६५६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ भने ९ लाख ५७ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७७० जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्