सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्