१९४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
३ हजार ६सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्य ५ हजार ७सय ५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।













