डकुमेन्ट एआइ स्टार्टअप डकसुमोले ३.५ मिलियन डलर उठायो, नेपाल र भारतमा रोजगारी सिर्जना
काठमाडौं । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डकसुमो (Docsumo), एक डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ। यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह-स्थापना गरेका थिए। स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ जसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ।
Fifth Wall, Arbor Realty Trust र वर्तमान लगानीकर्ता Better Capital को सहभागितामा Common Ocean द्वारा राउण्डको नेतृत्व गरिएको थियो । स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक-आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ ।
बिक्रम डेटा एन्ट्री क्लर्क थिए र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए । वास्तवमा, अधिकांश कागजात मिलाउने प्रक्रिया एशियाली देशहरू जस्तै भारतमा आउटसोर्स गरिन्छ, जहाँ ठुलो संख्यामा मानिसहरू वित्तीय सेवाहरूको लागि आवेदनहरू प्रक्रिया गर्छन् । टिमले मानिसले गर्ने मुख्य पक्ष – टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेशिन लर्निङ प्रविधि लागू गर्दैछ ।
लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन् – हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौं। हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो।
पछिल्लो १२ महिनामा, Docsumo ले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि अनुभव गरेको छ । यसले हाल संयुक्त राज्य अमेरिका (US), EU र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ,। Docsumo पहिला सन् २०२० मा Techstars लण्डन एक्सेलेटरको हिस्सा थियो र Barclays, Sequoia, Jupiter Money & का जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि(सीड राउन्ड उठाएको थियो।
हामीले हाम्रा पोर्टफोलियो कम्पनीहरूमा Docsumo को प्रविधि प्रयोग गरेका छौं र महत्वपूर्ण व्यापारिक निर्णयहरू स्वचालित गर्नमा यो कत्तिको प्रभावकारी छ भनेर प्रत्यक्ष देखेका छौं । यस टिमसँग काम गर्न पाउँदा एकदमै रमाइलो लागेको छ र हामी उनीहरुको यात्रामा सामेल हुन उत्साहित छौं किनभने यसले उनीहरूले कामको प्रक्रियाहरूमा AI/ML लागू गर्ने अवसरहरू अनलक गर्छन् भनेर राउण्डको नेतृत्व गर्ने Common Ocean का जनरल पार्टनर इगोर युलिसले टिप्पणी गरेका थिए ।













