२ नम्बरीबाट पल शाहलाई हटाउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२ नम्बरीबाट पल शाहलाई हटाउने



काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका हुन् ।

निर्माण टिमले पललाई हटाएर फिल्म पुरा गर्ने तयारी गरेको हो । निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने बताए ।

पल हिरासतमा भएपछि उनको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने निर्देशक लामाले बताए । तर अहिलेसम्म पललाई हटाउने निर्णय नभएको उनले बताए । अर्को कलाकार फाइनल भएपछि मात्रै पललाई हटाउने उनले बताए ।

फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल भईरहेको उनले जानकारी गराए । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह हट्ने लामा बताउँछन् । पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए


प्रतिक्रिया दिनुहोस्