बुधबार कति छ सुनचाँदीको मुल्य ?
काठमाडौं । साताको चौँथो कारोबार दिन बुधबार सुनको मूल्य स्थिर कायम भएको छ । आज छापावाला सुनको मुल्य तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन अर्थात मंगलबार पनि सोही मूल्य निर्धारण भई कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको ९३ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । अघिल्लो दिन १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।















