राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ आज - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ आज



काठमाडौं । विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा सुनुवाइ हुँदैछ

न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमा सुनुवाइ हुन लागेको हो ।

राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन किन नगर्ने भन्ने विषयमा आदेश गर्नेछ । गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

निर्वाचनको म्यान्डेट प्राप्त सरकारले गरेको सो निर्णय ‘उत्प्रेषणका आधारमा बदर गरी कार्यान्वयन नगर्न–नगराउन’ परमादेश माग गरिएको रिटमा उल्लेख छ । अधिवक्ता उप्रेतीले कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने सरकारी निर्णय असंवैधानिक भएको दाबी गर्दै त्यसको कार्यान्वयन रोक्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्