नुवाकोटको विदुरमा पुल भासिएपछि नुवाकोट र रसुवाको यातयात सम्बन्द विच्छेद - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नुवाकोटको विदुरमा पुल भासिएपछि नुवाकोट र रसुवाको यातयात सम्बन्द विच्छेद



नुवाकोट । हिजो परेको भिषण वर्षाको कारण पासाङ ल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मैथलि ब्यारेकमा पुल भासिएको छ ।

पुल भासिएपछि नुवाकोट र रसुवाको यातायात ठप्प हुन पुगेको हो । पुल भासियर यातयात आवजजावज ठप्प भएपछि नुवाकोट तथा रसुवा जाने यात्रुहरु विचबाटोमा अलपत्र परेका छन ।

May be an image of one or more people, people standing, tree and outdoors

हिजो राति करिब ९ बजेतिर पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

क्षति पुगेको पुल र अवरोध भएको सडक खुलाउनको लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्