थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १०३ जना पीसीआर र ३ हजार ५९० जनामा एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणमा २५६ र एन्टिजेन परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हाल संक्रिय कोरोना संक्रमित हुनेको संख्या १० हजार ९० जना रहेका छन् । भने गत २४ घण्टामा ९११ जना संक्रमणमुक्त र २ जना संक्रमितको मृत्यु भएको छन् ।


प्रतिक्रिया दिनुहोस्