सुनको मुल्य तोलामा १९ सयले बढ्यो, चाँदि कतिमा हुदैछ कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य तोलामा १९ सयले बढ्यो, चाँदि कतिमा हुदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा १९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३७५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्