आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि थाती रहेको नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना सम्पन्न गरिने बताएका छन्। उनले प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि तीनवटा छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिने घोषणा गरे। यस पुनर्संरचनाबाट ऊर्जा क्षेत्रमा नयाँ सुधार र कार्यक्षमता बढ्ने