काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाएको छ। महासंघले उक्त निर्णय उद्योगीहरूको सहभागितामाथिको हस्तक्षेप भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको हकहित संरक्षण, समस्या