काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२, तल्लो भंगाल क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको छ। चुनखेल जाने सडक पेटीमा सेतो कागजले बेरिएको अवस्थामा प्रेसर कुकर भेटिएपछि स्थानीयमा त्रास फैलिएको थियो। तल्लो भंगालस्थित एक मसला उद्योग नजिकै मंगलबार राति करिब १२ बजे उक्त शंकास्पद वस्तु फेला परेको थियो।