काठमाडौं । प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरुले नपाउने भएका छन । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित भएकाहरुलाई प्रदेश सरकारले दिने भनेको राहत वितरणमा नयाँ मापदण्ड बनेको हो । जस अनुसार वास्तविक समस्यामा परेका बाहेक अरुलाई राहत नदिन लागिएको हो ।