रिलायन्स लाईफ इन्स्योरेन्स र खल्तीबीच सम्झौता « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

रिलायन्स लाईफ इन्स्योरेन्स र खल्तीबीच सम्झौता



अब मोबाईलबाटै बीमा शुल्क तिर्न सकिने
काठमाडौं । रिलायन्स लाईफइन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।
उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सक। प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले खल्तीसँग सहकार्य गरी बीमा शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताए । अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाईलबाट सिधै बीमा शुल्क तिर्न सक्नेछन ।
नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार नेपालमा मोबाईल सेवाको पहुँच १३६ प्रतिशत भन्दा धेरै छ र ६४ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोड ब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ७० लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र करीब ९ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । यस्तो अवस्थामा खल्ती र रिलायन्स लाईफ इन्स्योरेन्सले सुरुवात गरेको डिजिटल इन्स्योरेन्स भुक्तानी सेवाले धेरै महत्व राख्दछ ।
रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापना सन् २०७४ साल मङ्सिर १ गते भएको हो । स्थापना कालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफल भएको छ । कम्पनीको जारी पुँजी २ अर्व १० करोड र चुक्तापूँजी १ अर्ब ४७ करोड रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्