आइएमई लाइफ तेस्राे वर्षमा « Arthapath.com
१ भाद्र २०७६, आईतवार

आइएमई लाइफ तेस्राे वर्षमा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालनभएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ ।
कार्यक्रममा सुभकामना मन्तब्यदिनुहुदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताए । चालु आ.व.२०७६÷७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने जानकारी गराए ।
सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधालाई मध्यनजर गरि भर्खरै “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना” गरेको छ ।
सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।
ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालय स्थापना गरि बीमा सेवा पु¥याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६÷७७ मा थप शाखा÷उपशाखाहरु बिस्तार गरि बीमाको पहुँचतथा सेवादिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५÷७६ मा रु. ९१ करोड बीमाशुल्क संकलनगर्न सफलभएको जानकारी पनि गराएको छ ।


प्रतिक्रिया दिनुहोस्