७२ करोड ६८ लाख रुपैया नाफा कमायो बुटवल पावर कम्पनिले « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

७२ करोड ६८ लाख रुपैया नाफा कमायो बुटवल पावर कम्पनिले



काठमाडौं । अघिल्लो वर्ष ७६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको गत आर्थिक वर्षमा बुटवल पावर कम्पनीले ७२ करोड ६८ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो बर्ष कम्पनीको विद्युत बिक्रीबाट ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएकोमा गत बर्ष ६८ करोड ६७ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै, सञ्चालन नाफा ७३ करोड ४५ लाख रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष ४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्