२२ बोरा मरेको कुखुरा बेच्ने पसललाई ३ लाख जरिवाना « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

२२ बोरा मरेको कुखुरा बेच्ने पसललाई ३ लाख जरिवाना



काठमाडौं । मरेको कुखुरा बेच्ने बी एण्ड बी मिटमार्ट लाई ३ लाख जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका वडा नं ३१ भिमसेनगोलास्थित बी एण्ड बी मिटमार्टले २२ बोरा मरेका कुखुरा बिक्री गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा भेटेकाले उक्त ३ लाख जरिवाना ताकेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

उक्त पसलमा सोमबार (भदौ १ गते) २२ बोरा मरेका कुखुरा बेच्ने उद्धेश्यले राखिएको थियो । पभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) वमोजिम रु ३ लाख जरिवाना तोकिएको विभागले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्