अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्यो उद्योग विभागले « Arthapath.com
१ भाद्र २०७७, सोमबार

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्यो उद्योग विभागले



काठमाडौं । कोरोना भाईरस संक्रमणको दर दैनिक बढिरहेकाले उद्योग विभागले अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरेको छ ।

विभागले एक साताका लागि सेवा स्थगन गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

विभाग नभई नहुने अति जरुरी बाहेकका सेवा भाद्र ७ गतेपछि मात्रै सूचारु गरिने विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्