नेशनल लाईफद्वारा २ दिने ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेशनल लाईफद्वारा २ दिने ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका २ दिने ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा स्थित होटल पोखरा ग्राण्डमा आयोजना गरिएकाे उक्त कार्यक्रममा भदाै महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कलाकार राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव सेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक बर्ष २०८१/८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताए ।

उनले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँनयाँ योजनहरु प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक राजेश हमालसँग साक्षात्कार गराई उनको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको थियो ।

देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले सम्मान पत्रबाट सम्मानित गरेका थिए । यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा महानायक राजेश हमालले यो स्थानमा आईपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्