समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

एचडिपी पाइपमा भएको मूल्यवृद्धिबारे संघको स्पष्टीकरण: ‘कच्चा पदार्थको मूल्य ६२ प्रतिशतसम्म बढ्यो’

काठमाडौं । केही राष्ट्रिय सञ्चारमाध्यममा एचडिपी पाइपको मूल्यमा ३० देखि ४० प्रतिशत ‘अस्वाभाविक’ वृद्धि भएको भनी आएका समाचारप्रति नेपाल पाइप उत्पादक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै हालको मूल्यवृद्धि अस्वाभाविक नभई विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोध र कच्चा पदार्थको उच्च मूल्यवृद्धिको परिणाम भएको स्पष्ट