२७ अर्बको नोक्सान रहेको विद्युत प्राधिकरणलाई घिसिङले गराए वार्षिक १० अर्व नाफा « Arthapath.com
१ भाद्र २०७७, सोमबार

२७ अर्बको नोक्सान रहेको विद्युत प्राधिकरणलाई घिसिङले गराए वार्षिक १० अर्व नाफा



काठमाडौं । ४ वर्षअघि नेपाल विद्युत प्राधिकरणको घाटा २७ अर्व थियो । जव प्राधिकरणको नेतृत्वमा इन्जीनियर कुलमान घिसिङ आए ४ वर्षमा प्रधिकरणले कोल्टे फेर्यो । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई प्राधिकरणको नेतृत्व सुम्पिए तव प्राधिकरणले सुधारको बाटो लियो ।

देशमा १८ घण्टासम्म चरम लोडसेडिङ भैरकेको बेलामा घिसिङले प्राधिकरण सम्हाल्दा २७ अर्वको नोक्सानी थियो । उनले ति सबै नोक्सानी चुक्ता गरेर ४ वर्षमा वार्षिक १० अर्व नाफा कमाउने संस्थान बनाइदिए । सोमबार प्राधिकरणको ३५ औं वार्षिकउत्सव समारोहमा घिसिङले आगामी दिनमा हामीले जति विद्युत भारतबाट खरिद गरेका थियौं त्यतिनै विक्री गर्न सक्ने अवास्थामा पुगेको बताए ।

सोमबार भएको भर्चुवल वार्षिक उत्सव समारोहमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, सचिव दिनेश घिमिरेलाई साक्षि राखेर उनले विद्युत निर्यात गर्न सक्ने अवस्थामा प्रधिकरण पुगेको बताए । प्राधिकरणले ११ अर्ब ५ करोड खुद नाफा र ५ अर्ब सञ्चित नाफा रहेको बताए । उनले भारतबाट ३५ प्रतिसत विद्युत आयात भएकोमा घटाएर २२ प्रतिसतमात्रै आयात गराउान सफल भएको बताए

प्राधिकरणले हालसम्म १५.२७ प्रतिशतमा विद्युत चुहावट नियन्त्रण गर्नुका साथै महसुल पनि ८ देखि ९ प्रतिशत घटाइएको घिसिङले बताए । कोरोनाका कारण कर्मचारीको सेवा सुविधा बढाउन नसकिएको बताउँदै घिसिङले छिट्टै सेवा सुविधा बढाइने बताए । साथै कोरोनाको संक्रमणका बेलामा काममा खटिने कर्मचारीलाई २० देखि ५० प्रतिशतसम्म भत्ता थप गरिने प्रतिवद्धता व्यक्त गरे । प्राधिकरणले सबै कर्मचारीको १ लाख कोरोना बिमा गरीएको जनाकारी गराइयो ।

सयै आवमा १३ सय मेगावाट विद्युत उत्पादन हुने र ३ हजार मेगावाट निमार्ण प्रक्रियामा रहेको घिसिङले बताए । घिसिङले घरयासी प्रयोजनको लागी सिंगल फेज र व्यावसायीकका लागी थ्रीफेजका स्मार्ट मिटर जडान सुरु भएको बताए । अहिले वार्षिक ८ प्रतिशतले विद्युत उपभोक्ता बढेको र देशभरी ४३ लाख ५० हजार उपभोक्तामा पुगेको बताए ।


प्रतिक्रिया दिनुहोस्