एउटै उद्योगका ३० मजदुरमा कोरोना पुष्टि « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

एउटै उद्योगका ३० मजदुरमा कोरोना पुष्टि



कठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका १ मा सञ्चालित आरती स्ट्रिप्स प्रालिमा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण देखिएको छ । सो उद्योग भारतीय लगानी रहेको अधिकांश कामदार भारतीय रहेका छन् ।

यस अघि दुई मजदुरमा कोरोना देखिएकोमा हाल कर्मचारी सहति ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त उद्योगमा कार्यरत डेढ सयभन्दा धेरैको स्वाब परीक्षण गरिएको थियो भने उद्योग सिल गरी मजदुरलाई आइसोलेसनमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्