२० हजारलाई रोजगारी र राज्यलाई अर्बौँ कर बुझाउने हातहरु जब बिनाकारण हत्कडीको फन्दामा पर्छन्, तब एउटा उद्यमी मात्र होइन- सिंगो देशको आत्मविश्वास थुनिन्छ । काठमाडौँ । नक्सालको नारायण चौरबाट देब्रे गल्लिभित्र उभिएको छ एउटा सेतो घर— गोल्छा अर्गनाइजेशनको मुख्य अखडा । फराकिलो झ्यालमा झुण्डिएको एउटा पातलो पर्दाले बाहिरपट्टीको गणतन्त्र स्मारकलाई