काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोलीको अमेरिका भ्रमण स्वीकृत गरेको जानकारी दिएका हुन् । प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत बैठकले विभिन्न ७ निर्णय गरेको छ। जसमा
काठमाडौं। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक अध्ययनअनुसार दुई जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू बाढीबाट प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित
काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध कृष्णभीर खण्डमा भदौ मसान्तभित्रै यातायात सुचारु गर्ने गरी युद्धस्तरमा काम अघि बढाइएको छ। लगातारको बाढीपहिरोले बिग्रिएको यस मुख्य राजमार्गलाई पुनस् सञ्चालनमा ल्याउन सरकारले प्राविधिक टोली परिचालन गरेर रातारात काम गरिरहेको छ। कृष्णभीरको भित्ता काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न अहिले १० वटा
भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले प्राविधिक तथा आर्थिक सहयोग गर्ने भएको छ। काठमाडाैँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा पुर्याएको क्षतिको घाउमा मलम लगाउन संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले हात बढाएको छ। बाढी प्रभावित
काठमाडाैँ । अमेरिकी आर्थिक प्रतिबन्धको जालोलाई पूर्ण रूपमा छल्दै इरानले चीनसँग तेलको बदलामा अर्बौं डलरका अत्यावश्यक वस्तु तथा सैन्य सामग्री खरिद गरिरहेको खुलासा भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न तेहरान र बेइजिङले कूटनीतिक र आर्थिक च्यानलहरूलाई पूर्ण रूपमा छलेर एक गुप्त बार्टर प्रणाली अभ्यासमा ल्याएका हुन्। इरान र चीनबीच वर्षौंदेखि चल्दै
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन्। ग्यासको आपूर्ति संकटका विषयमा संसदीय समितिमा दिएको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै यादवले
काठमाडौं। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास...
काठमाडौँ। प्रभु बैंक लिमिटेडले रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ। बिहीबार रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकको तर्फबाट सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
काठमाडाैँ । नुवाकोटको देवीघाटमा हालै निर्माण गरिएको बेलिब्रिजले त्यस क्षेत्रको जनजीवन सहज बनाएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली सेनाको उच्च प्रशंसा गरेका छन्। बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देवीघाट पुगेका देउवाले त्यहाँ खटिएका सैनिक अधिकारी र जवानहरूसँग भेटघाट गर्दै सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले सराहना गरे। अविरल वर्षापछिको बाढीले जनजीवन अस्तव्यस्त बनाएको र आवतजावत ठप्प भएको कठिन परिस्थितिमा सेनाले देखाएको ततत्परता र व्यावसायिकताको उनले विशेष रूपमा स्मरण गरे। संकटका बेला जनताको साथमा उभिनुका साथै छोटो समयमै बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याउनु सराहनीय कदम भएको उनको भनाइ छ। सेनाप्रति धन्यवाद र उच्च हौसला निरीक्षणका क्रममा