सनराइज बैंकले नाफा १ अर्व ७० करोड « Arthapath.com
२९ श्रावण २०७६, बुधबार

सनराइज बैंकले नाफा १ अर्व ७० करोड



गत वर्षभन्दा १५.१७ प्रतिसत बढ्यो

काठमाडौं । सनराइज बैंकले गत आवमा १ अर्व ७० करोड ७० लाख कमाएको छ । बैंकले बुधबार प्रकाशित वित्तिय विवरण अनुसार बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार १ अर्ब ७० करोड ७० लाख ३७ हजार ६५० रुपैयाँ नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.५७ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ४७ करोड ६९ लाख ७१ हजार ८५३ रुपैयाँ आम्दानी गरेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ७७ लाख ४१ हजार ११९ रुपैयाँ रहेको छ ।
बैंकको नाफा बढ्नलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको सहयोग देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २५.३७ प्रतिशत र सञ्चालन मुनाफामा २७.१८ प्रतिशतले सुधार आएको छ ।
बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड ९४ लाख १० हजार ११८ रुपैयाँ रहेको छ, भने सञ्चालन मुनाफा २ अर्ब ६० करोड ४० लाख ६६ हजार २२५ रुपैयाँ रहेको छ । ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड ७५ लाख ७० हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्