काठमाडौं । केही महिनाको सुस्तापछि घरजग्गा कारोबारले पुन: सकारात्मक संकेत गरेको छ । गत कात्तिक महिनामा घरजग्गा कारोबार दोहोरो अंकमा वृद्धि भएको छ । एक महिनामै कारोबार झन्डै साढे २१ प्रतिशत बढेको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै उपलब्ध गराएको गत कात्तिक महिनाको कारोबारको आँकडाले यस्तो देखाएको हो