अमेरिकी राष्ट्रिय ऋणले ४० ट्रिलियन डलरको सीमा नाघेसँगै विश्व बजारमा गहिरिएको वित्तीय संकटले नेपाल जस्ता आयातमुखी अर्थतन्त्रमा पर्न सक्ने जोखिममाथि गम्भीर चासो बढेको छ । काठमाडौँ । अमेरिकी राष्ट्रिय ऋणले पहिलो पटक अकल्पनीय मानिएको ४० ट्रिलियन डलरको सीमा पार गरेसँगै त्यसको प्रत्यक्ष र परोक्ष कम्पन विश्वभरका वित्तीय बजारमा महसुस हुन
काठमाडौँ । धेरैको अनुमान अनुसार नै सरकारले नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले उनलाई नयाँ डेपुटी गभर्नर नियुक्त गरेको हो । यससँगै केन्द्रीय बैंकको सञ्चालक समितिले पनि तत्कालका लागि पूर्णता पाएको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै
काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो। आकर्षक डिजाइन, लामो रेन्ज, दमदार प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यो एसयूभी नाडा अटो शोको मुख्य आकर्षणमध्ये एक बन्ने
काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघ बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रको हस्ताक्षर कार्यक्रम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत...
काठमाडौँ। मुक्तिनाथ विकास बैंकले कृषि तथा एसएमई व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ। बैंकले तीज, दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आफ्ना ग्राहकहरूका लागि कृषि तथा एसएमई व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक गरेको
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघ बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रको हस्ताक्षर कार्यक्रम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत उच्च व्यवस्थापन समूह र नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछानेसहित पूर्व अध्यक्ष र
काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, नयाँ हवाई सम्झौता तथा शिक्षा र कर्मचारी प्रशासन सुधारसम्बन्धी विभिन्न ११ महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। शिक्षा क्षेत्रमा महत्त्वपूर्ण राहत दिँदै प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि