काठमाडौं । सरकारले आज बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार प्रधानमन्त्री बालेन शाहले बैठक आह्वान गरेका हुन्। यसअघि भदौ १२ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो। बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल
सुरुङभित्र भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सबै निकायबीच समन्वय बढाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्। काठमाडाैँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल रसुवा र नुवाकोटको सिमानामा पर्ने सुरुङ क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको प्रत्यक्ष अनुगमनका लागि त्यसतर्फ पुगेका छन्। सैनिक
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास आपूर्ति गर्न वैकल्पिक व्यवस्था अपनाउन थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा भरेर लैजान थालिएको हो। यसअन्तर्गत विभिन्न ग्यास उद्योगले अन्य जिल्लामा रहेका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर ट्रकमार्फत काठमाडौं
काठमाडाैं। दूरसञ्चार क्षेत्रमा एक दशकदेखि लगभग निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले फेरि बजारमा प्रवेश गर्ने प्रयास थालेको छ। लाइसेन्सको अवधि समाप्त हुन केही दिन मात्रै बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अघि बढाएपछि उसको विगत, राज्यप्रतिको दायित्व र आगामी योजनामाथि फेरि बहस सुरु भएको छ। यूटिएलको लाइसेन्स नबिकरण
काठमाडौँ। इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ट्रुथ सोसलमार्फत होर्मुज स्ट्रेटलाई ‘ट्रम्प स्ट्रेट’ नामकरण गर्न सकिने सुझाव दिएका हुन्। उनले उक्त क्षेत्र अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै नाम
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ४.६६ अंकले उकालो लाग्दै २,५४२.७७ विन्दुमा पुगेको हो। आजको कारोबारमा १ करोड २१ लाख ६३ हजार कित्ता सेयर किनबेच भएका...
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिजेस)को रोकथाम सम्बन्धी सचेतना मूलक वेबिनार आयोजना गरेको छ । बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई हृदय तथा रक्तनली सम्बन्धी रोग, यसको
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढी प्रभावित जिल्ला धादिङको गल्छीमा अवलोकन गरेका छन् । उक्त प्रभावित क्षेत्रकाे अवलाेकन गर्दै ओली बढी पीडितको गुनासो सुनिरहेका छन् । धादिङका साथै उनले नुवाकोटको बेलकोटगडीका केही स्थानमा अवलोकन गरेका छन्। बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, भूतपूर्व सेना-प्रहरी संगठन, रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा खटिरहेको छ।