फेसबुकमा साबेल कोतरेको र चामल बाँडेको तस्बिरले न त भग्नावशेष उठ्छन्, न त रसुवा-नुवाकोटको भविष्य बन्छ। नियमित बजेटको रमिता हेर्ने हो भने अबको १० वर्षमा रसुवा हुम्लाजस्तै र नुवाकोट जुम्लाजस्तै बन्न कुनै आइतबार कुर्नु पर्दैन; त्यसैले अब परम्परागत ढिपी छोडेर दुई खर्बको ‘ग्लोबल बण्ड’ र निजी क्षेत्रको सामर्थ्यलाई सँगै डोहोर्याउनै
काठमाडाैँ । आधुनिक प्रविधि, कलकारखाना र श्रमका प्रतीक वास्तु तथा शिल्पकलाका अधिष्ठाता भगवान् विश्वकर्माको पूजाआराधना गरी आज देशभर यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। हरेक वर्ष सौरमानअनुसार कन्या सङ्क्रान्तिको दिन अर्थात् आश्विन (असाेज) सङ्क्रान्तिका दिन पर्ने यो पर्वमा हिमवत् क्षेत्रकाे नेपाली समाजले श्रम, सीप र औजारप्रति गहिरो सम्मान प्रकट
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकका लागि तयार गरिएको सम्भावित कार्यसूचीमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने विषय समावेश गरिएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक महिनामा मात्रै बैंकिङ प्रणालीबाट साढे ४ खर्ब रूपैयाँ बढी निक्षेप तानेको छ। राष्ट्र बैंकले भदाै भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म ९ पटकमा ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन प्रशाेचन गरेकाे हाे । अर्थतन्त्रमा देखिएको सुस्तता र
काठमाडौँ । यो सरकार गठन हुनुभन्दा अघिल्लो दिन १२ चैतमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक २९५० अंकमा बन्द भएको थियो । त्यसपछि अहिलेसम्म नेप्सेमा ११७ दिन कारोबार भएको छ । तर यसबीचमा नेप्सेले अनपेक्षित गिरावट भोगेको छ । ती ११७ दिनमध्ये ७० दिन बजार ओरालो लाग्यो । बाँकी ४७ दिन
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकका लागि तयार गरिएको सम्भावित कार्यसूचीमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने विषय समावेश गरिएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसैबीच, संघीय संसद् सचिवालयका अनुसार आज तीनवटा संसदीय समितिका बैठक समेत बस्ने भएका छन्। अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिले आ–आफ्ना विषयमा छलफल गर्नेछन्।