११ भदौ २०८३, बिहिबार

चीनले बाढीको सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको स्पष्टीकरण

काठमाडौं । चीनले नेपाललाई बाढीको सम्भावित जोखिमबारे पूर्वसूचना नदिएको भन्ने आरोपलाई काठमाडौंस्थित चिनियाँ दूतावासले अस्वीकार गरेको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै दूतावासले यस्ता दाबीलाई भ्रामक र तथ्यहीन भएको जनाएको हो। नेपालमा आएको विपद् चीनतर्फको कुनै बाँध भत्किएका कारण भएको तथा त्यसबारे नेपाललाई जानकारी नदिइएको भन्ने प्रचारमा सत्यता नरहेको दूतावासको भनाइ

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापनाको पहल : उच्चस्तरीय टोली फिल्डमा

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीबाट क्षति पुगेको अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको अवस्थाबारे जानकारी लिन नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली स्थलगत निरीक्षणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा पुगेको हो। बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था बुझ्नुका साथै उद्धार कार्यलाई

प्रधानमन्त्री बालेन र मन्त्री लम्साल सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरिक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् । बिहिबार बिहान प्रधानमन्त्री बालेनसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ​ आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै उनीहरू बाढी प्रभावित मुख्य

भोटेकोशी बाढी कहर: सुरक्षाकर्मीसहित ८२६ सम्पर्कविहिन, ४६६ जना विदेशी पर्यटक

काठमाडाैं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा विभिन्न स्थानबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहिन भएका छन्। प्राप्त विवरणअनुसार कुल सम्पर्क बिहिन हुनेकाे संख्या ८२६ जना रहेकाे छ। बाढीमा सम्पर्क विहिन हुनेमा ४६६ जना विदेशी पर्यटक र ११३ जना नेपाली नागरिक रहेका छन् । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका

भोटेकोशी बाढी अपडेटः १६५ जनाको शव फेला, खोजी र उद्धार तीव्र पार्न सर्वदलीय बैठक जारी

 काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढी पहिराेमा परी ज्यान गुमाउनेहरूको संख्या १६५ पुगेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको सरकारी तथ्यांक छ । हालसम्मको विवरणअनुसार सबैभन्दा बढी चितवनमा ६५ वटा शव फेला परेका छन्। त्यसैगरी, धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नाडाको १० लाख आर्थिक सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेकाे छ। भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ,...

बैंकिङ

भोटेकोशी बाढी पीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडाैँ । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीले तटीय क्षेत्रमा मच्चाएको ताण्डवबीच प्रभावितहरूको जीवनरक्षा र पुनर्जीवनका लागि वित्तीय क्षेत्रबाट ठूलाे सहयोगको घोषणा भएको छ। मुलुकका ठूला वाणिज्य बैंकहरूमध्ये एक ग्लोबल आइएमई बैंकले संकटमा परेका नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका निम्ति ‘प्रधानमन्त्री दैवी

बीमा

हिमालयन रि-इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा, खुद बीमाशुल्क आर्जन र ईपीएस दुवै घट्यो

काठमाडाैं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनी २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ घाटामा गएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले १ अर्ब ३९ करोड ३

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
भोटेकोशी बाढी पीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग
लगातार तेस्रो दिन घट्यो सुन-चाँदीको मूल्य, सुन प्रतितोला १२ सयले…
मुलुक शोकमा रहेका कारण लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा स्थगित
नेपाली बजारमा भिभोको नयाँ बजेटमैत्री स्मार्टफोन वाई ०५ ई सार्वजनिक