१४ भदौ २०८३, आइतबार

कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथकाे बाटाे पेट्रोलियम पदार्थ ल्याइँदै, इन्धन अभाव नहुने निगमकाे दाबी

त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएसँगै इन्धन अभाव हुन नदिन नेपाल आयल निगमले हेटौंडा–त्रिभुवन राजपथको वैकल्पिक मार्गबाट ढुवानी गर्ने तयारी गरेको छ। काठमाडाैँ । राजधानी काठमाडौं भित्रिने प्रमुख जीवनरेखाका रूपमा रहेको नागढुंगा–मुग्लिन सडक खण्ड अवरुद्ध भएपछि यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको आपूर्तिमा पर्न नदिन नयाँ तयारी थालिएको छ।

नेपाल र तिब्बतमा मृत्यु हुनेको संख्या ७५० पुग्यो, ३ हजारभन्दा बढी बेपत्ता

काठमाडाैँ । हिमालबाट बगेर आएको विनाशकारी बाढीका कारण नेपाल र तिब्बतमा ज्यान गुमाउनेहरूको संख्या आइतबारसम्म ७५० पुगेको छ भने ३ हजार ४४ जना अझै बेपत्ता रहेको अधिकारिक निकायले जनाएका छन्। लगातारको वर्षाका कारण नदीहरूमा पानीको सतह बढेपछि उद्धारकर्ताहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। गत बुधबार गएको हिमस्खलन (ग्लेशियर कोल्याप्स)

प्रकाेपमा सेनाकाे साैर्य, यसरी सम्भव भयाे हजाराैँकाे उद्धार

भोटेकोशी बाढीको वित्यासपछि उद्धारमा अहोरात्र खटिएको नेपाली सेनाले स्वदेशी तथा विदेशीसहित दुई हजार छ सय पचासभन्दा बढीको जीवनरक्षा गरेको छ भने थुप्रिएको सुरुङको मुख खोल्न विशेष प्रविधिसहितको खोजी अभियान तीव्र पारेको छ। काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि संकटमा परेका नागरिकहरूको जीवनरक्षाका लागि

विपद्का बेला छिमेकीको साथ : भारत र चीनद्धारा राहत सामग्रीसहित उद्धार टोली परिचालन

काठमाडौं। विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि छिमेकी मुलुकहरुले महत्वपूर्ण भूमिका खेलेका छन्। नेपालमा बाढीका कारण ठूलो धनजनको क्षति भएपछि चीन र भारतले नेपाललाई उल्लेखनीय सहयोग गरेका हुन् । बाढीपहिरोबाट प्रभावित नेपालका क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउन भारतले थप सहायता पठाएको छ। भारतले राहत

बाढीले बगाएको बैंकको सेफ फोडेर रकम निकालेको आरोपमा २९ जना पक्राउ

काठमाडौं । बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर त्यसभित्र रहेको रकम निकालेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई करिब ९२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बाढीका कारण बैंकको सेफ बगेर आएपछि केही व्यक्तिले त्यसलाई फुटाएर भित्र रहेको रकम निकालेका

बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान

काठमाडाैं । भदाै १० आएको विनाशकारी बाढी तथा पहिरोका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि नेपाललाई करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रोयटर्ससँग कुरा गर्दै यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १० प्रतिशत हुने बताएका हुन् । अर्थमन्त्रीले भनेका छन्, ‘क्षतिग्रस्त संरचनाहरूको

बाढीले विद्यालय तहसनहस, ७२०० विद्यार्थीको भविष्य अन्योलमा

काठमाडाैँ । विगत केही दिनअघि आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थाहरूमा गम्भीर क्षति पुगेको छ। यस प्राकृतिक विपत्तिले यी तीन जिल्लाका झन्डै ७ हजार २ सय विद्यार्थीहरूको पठनपाठन अनिश्चित बन्न पुगेको छ भने कयौँ विद्यालयहरू भग्नावशेषमा परिणत भएका छन्। अचानक आएको बाढीले ती तीन जिल्लाका कुल

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला, ८ हजार बढीको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० मा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्। प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०,

चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता, १०४ जना नेपाली

काठमाडौं । गत भदाै १० गते आएको विनासकारी बाढीमा चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएका छन्। चीनको स्वायत्त क्षेत्र तिब्बतका अधिकारीहरूले पत्रकार सम्मेलन गर्दै बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा बढी नेपालका १०४ जना रहेका बताएका छन्। त्यसैगरी भारतका ४९, लात्भियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना

भर्खरै

बाढी-पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्म ज्योति समूहको एक करोड सहयोग

काठमाडौं । गत बुधबार आएको विनाशकारी बाढीपहिरो पीडितका लागि पद्म ज्योति समूहले १ कराेड रूपैयाँ आर्थिक सहयाेग गरेकाे छ। बाढी-पहिरोबाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ...

बैंकिङ

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

काठमाडौं। भोटेकोशी विपद् प्रभावितहरूको राहत तथा पुन:स्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत २ करोड ५१ लाख रुपैँया आर्थिक सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो

बीमा

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती

रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ । काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार,

अर्थ राजनीति

मुस्लिम जगतलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खामेनीको आह्वान

इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले मुस्लिम राष्ट्रहरूलाई वास्तविक शत्रुको पहिचान गरी दृढताका साथ सामना गर्न आह्वान गरेका छन् भने छ महिनादेखि जारी युद्धका कारण खाडी क्षेत्रमा स्ट्रेट अफ हर्मुज अझै बन्द रहँदा ऊर्जा संकट चुलिएको छ। काठमाडाैँ । इरानसँगको तनावपूर्ण युद्ध ६ महिनामा प्रवेश गरेसँगै मध्यपूर्वको भू-राजनीतिक तथा सामरिक परिदृश्य थप गम्भीर मोडमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले एक लिखित सन्देश जारी गर्दै मुस्लिम राष्ट्रहरूका प्रमुखहरूलाई आफ्ना ‘वास्तविक शत्रु’ लाई पहिचान गर्न, उसका योजनाहरू गहिराइमा बुझ्न र त्यसको दृढताका साथ सामना गर्न आह्वान गरेका छन्। इरानी सर्वोच्च नेताको यो कडा चेतावनीले खाडी क्षेत्रमा जारी द्वन्द्व थप

विश्व बजार
समाचार
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथकाे बाटाे पेट्रोलियम पदार्थ ल्याइँदै, इन्धन…
बाढीपीडितलाई १ हजार २५० थान ग्यास सिलिन्डर उपलब्ध गराउने एलपी…
हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३…
रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नाइमाकाे…